७ कार्तिक २०८३, शनिबार

फेवातालमा डुबेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fewalake-23

कास्की, २० असार । पोखराको फेवातालमा डुबेर एकजनाको मृत्यु भएको छ ।

पोखरा–१७ ड्यामसाईड डेरा गरी बस्ने मकवानपुर मनोहरी–४ का ३५ वर्षीय बिनोद मगरको फेवतालमा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको हो ।

मगर फेवातालमा डुबेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी गण पोखराबाट टोली खटी गई खोजी गर्नेक्रममा शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।