– सुशिल नेपाल
पाल्पा, २० असार । पाल्पाका एक विद्यार्थीले स्वचालित सरसफाई यन्त्रमानव बनाएका छन् ।
तानसेनको जनता नमुना उच्च माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी अनिल आचार्यले उक्त यन्त्र बनाएका हुन । विद्यालय स्तरीय राष्ट्रिय प्रतिभा पहिचान तथा छनौट प्रतियोगिता २०७२ मा देशैभरका विद्यालयहरुलाई पछि पार्दै प्रथम हुन सफल भएका आचार्यले उक्त यन्त्र प्रदर्शन गरेका थिए ।
उक्त यन्त्र बनाउन २ हजार ७ सय रुपैँया खर्च भएका अनिलले जानकारी दिए । काठको लिस्टि, काठ, पाइप, तार, सोलार, खेलौना, गाडिका टायर, जुत्तामा प्रयोग हुने ब्रस लगायतका स्थानीय सामग्रीबाट उक्त यन्त्र निर्माण गरिएको हो । विद्युतको माध्यम र सौर्य उर्जाबाट सञ्चालन हुने यस यन्त्रले स्वचालित रुपमै फोहोरमैला व्यवस्थापन गर्ने गर्दछ । ठोस फोहोरमैला उठाई फयाक्ने, फोहोरमैला जम्मा गरी सेनेटरी फिल्डसम्म पुर्याउने, सामान ओसार पसार गर्ने, धुलो सफा गर्ने जस्ता काम गर्ने उक्त यन्त्रले शिक्षण सिकाई क्रियाकलापमा पनि महत्वपुर्ण भुमिका खेल्ने सम्बन्धित शिक्षकहरु बताउँछन ।
यस्ता प्रतिभाहरुको प्रचारप्रसार तथा प्रोत्साहन गर्न विद्यालय सधै तयार रहेको विद्यालयका प्राचार्य मेघराज पौडेलले बताए । जिल्ला तथा क्षेत्र हुँदै राष्ट्रिय स्तरमै सफल हुन सफल विद्यार्थी आचार्यले विद्यालयको मात्र नभई यस क्षेत्रकै नाम उचो पारेको प्राचार्य पौडेलले बताए ।
















प्रतिक्रिया