काठमाडौं, २० असार । सहर यात्रामा हिँडेकी एक महिलालाई जिस्क्याएर पुरुषको समुहले जंगलमा नाङ्गो भिडियो बनाएका छन् ।
ती महिलालाई जिस्क्याएर जबरजस्ती कपडा च्यातेर नग्न भिडियो बनाएर इन्टरनेटमा समेत सार्वजनिक गरेको घटना सार्वजनिक भएको हो । भारतको जम्मु कश्मिरमा शनिबार केही ब्यक्तिहरुले महिलाको नग्न भिडियो बनाएका हुन् ।
घटनामा संलग्न ५ जनाविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ भने तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीका अनुसार सो घटना उधमपुरको जगानु क्षेत्रमा भएको हो । मोटरसाइकटमा यात्रा गरिरहेकी ती महिलालाई ५ पुरुषहरुले जिस्काएका थिए । ती पुरुषहरुविरुद्ध उत्रिएकी महिलालाई सार्वजनिक स्थानमै जबरजस्ती कपडा च्यातेर उनीहरुले मोबाइल क्यामराले भिडियो खिचेका थिए ।
लगत्तै इन्टरनेटमा समेत अपलोड गरिदिएका थिए । सो घटनाको बारेमा जानकारी पाएको प्रहरीले तुरुन्तै कारबारी अगाडी बढाएको र तीनलाई पक्राउ गर्नुका साथै अन्य दुइको खोजी भइरहेको जनाएको छ । एजेन्सी















प्रतिक्रिया