३० आश्विन २०८३, शुक्रबार

भगवानलाई गालि दिँदा अभिनेता सनी देओल प्रहरी फन्दामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । उत्तर प्रदेशको मुजफ्फरनगरमा सनी देओलद्धारा अभिनित फिल्म ‘मोहल्ला अस्सी’मा हिन्दू देवी-देवताहरुको अपमान गरेको भन्दै फिल्म अभिनेता र अभिनेत्री समेत गरी ९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अदालतले प्रहरीलाई सनी देओल, साक्षी तंवर, रवि किशन र ६ जना अन्यविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ । अदालतको आदेशपछि सनी देओलसहित ९ वटै विरुद्ध मुद्दा दर्ता गरिएको छ । यी सबैविरुद्ध आरोप छ कि फिल्ममा भगवान शिव, हिन्दू देवताहरु र काशीको पण्डाहरुको अपमान गरेको देखाइएको छ, जसमा हिन्दुहरुको भावनामाथि ठेस पु¥याइएको छ ।

sunny-deol

अदालतमा वकील सुधीर कुमार झाले ३० जूनमा मुद्दा हालेका थिए । सुधीरको मुद्दामा पछि अदालतले फिल्मसँग जोडिएका ९ जना विरुद्ध नै कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । फिल्म ‘मोहल्ला अस्सी’को पछिल्लो महिना ट्रेलर लिक भएपछि लगातार विवादको घेरामा छ । ट्रेलरमा भगवान शिव र काशीका पण्डाहरुलाई गालि दिएको दृश्य देखिएको थियो । एजेन्सी