काठमाडौं, २० असार । आफ्नै छिमेकीबाट गरगहना लिएर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै छिमेकी सुनको गहना लिएर फरार भक्तपुरको सूर्य विनायकमा डेरा गरी बस्ने सुनिता स्मृती भन्ने अम्बिका मगरलाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाले शनिवार पक्राउ गरेको हो ।
अम्बिकाले सूर्य विनायककै महिलाहरुसँग नजिकको सम्वन्ध बनाई विवाह भोजमा जानु छ भनी असार ६ गते छिमेकी मिना सुवाल र सुविता थारुसँग सुनका गरगहना तथा नगद समेत लिएर डेरा कोठा सरी फरार भएकी थिईन् ।
महाशाखाको अनुसन्धानका क्रममा ठगी कार्यमा संलग्न अम्विकालाई ठगी गरी लगेको सुनका गरगहना सुनको कानमा लगाउने रिङ्ग सहित शनिवार पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती पठाईएको छ ।















प्रतिक्रिया