७ कार्तिक २०८३, शनिबार

ज्येष्ठ नागरिकद्वारा काठमाडौंमा सडक बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । विभिन्न माग राखेर ३० महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकले आज एक घन्टा सडक जाम गरेका छन् ।

वृद्ध भत्ता बढाएर रु तीन हजार पु¥याउनुपर्ने र ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले विसं २०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्नेलगायतका माग गर्दै उनीहरुले मीनभवनस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको कार्यालय अगाडिको एकतर्फी बाटोमा लम्पसार परेर दिउँसो एक घन्टा सडक जाम गरेका हुन् ।

धर्ना बसेको ३० महिनासम्म पनि आफ्ना माग पूरा नभएपछि सडक सङ्घर्ष गर्न बाध्य भएको ज्येष्ठ नागरिक संयुक्त सङ्घर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्नेलगायतका आठ सूत्रीय माग गर्दै विसं २०६९ फागुन २४ गतेदेखि धर्नामा बस्दै आएका हुन् । धर्नामा ६० वर्षदेखि १०२ वर्ष उमेर समूहका करिब ३०० को सङ्ख्यामा ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९(२) ले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । रासस