७ कार्तिक २०८३, शनिबार

करेन्ट लागेर भारतीय मजदुरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

currentदमक, २० असार । करेन्ट लागेर आज बिहान झापाको दमक–१५ स्थित हिमालय चिया बगानमा काम गर्ने २२ वर्षीय राजु राय नामका भारतीय मजदुरको मृत्यु भएको छ । सो बगान पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा सञ्चालन हुँदै आएको छ ।

बगानको वेल्डिङ गर्दागर्दै अचानक करेन्ट लागेर ढलेका राजुको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

भारत पश्चिम बङ्गालको पानीटङ्की घर भएका राजुको परिवारलाई खबर गरी शव परीक्षण गरिने प्रहरीले बताएको छ । रासस