१ कार्तिक २०८३, शनिबार

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला बन्ने भएका छन् ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष छन् । यही पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि आजसम्म मनोनयन दर्ताको समय थियो । सोहीअनुसार अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उम्मेदवारी दिएका थिए ।

सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । शेरचनको दाबेदारी फिर्ता भएपछि कोइराला सर्वसम्मत रूपमा अध्यक्ष चयन हुने भएका हुन् ।

संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेम्मी चयन हुने भएका छन् । खाली रहेको तीन जना कार्यसमिति सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ चुनिने भएका छन् ।