२९ आश्विन २०८३, बिहिबार

जापानको तोयोकराज फ्राई चिकेनको शाखा नेपालमा खुल्यो, यस्ता छन् नयाँ परिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Toyokraj-japnes-resturant-2काठमाडौं । जापानको प्रतिष्ठित र लोकप्रिय तोयोकाराज फ्राइ चिकेनको दुईवटा आउटलेट (शाखा) भाटभटेनी र महाराजगञ्जमा एकैसाथ सञ्चालनमा आएका छन् ।

काठमाडौंमा तायोकाराको यी दोस्रो र तेस्रो आउटलेट हुन । काठमाडौंमा तोयोकाराको मुख्य आउटलेख गएको जनवरीको पहिलो सातादेखि थापाथलीमा सञ्चालनमा आइसकेको छ । जापानदेखि विश्वका थुप्रै मुलुकमा नाम कमाइसकेको तोयोकाराज ब्राण्डका रेष्टुरेन्टको शनिबार औपचारिक उदघाटन भएको छ ।

शाखाको नेपालका लागि जापानी राजदूत मासासी ओगावाले उदघाटन गरे । जापानमा ३० वटा भन्दा बढी रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयोकाराका अन्य थुप्रै मुलुकमा शाखा सञ्जाल छन् । यसको पहिलो बिक्री केन्द्र थापाथलीको टे«ड टावरमा छ । महाराजगञ्जस्थित आउटलेट अमेरिकी दूतावास अगाडि छ ।

Toyokraj-japnes-resturant-1नेपालका लागि तोयोकाराजको आधिकारिक बिक्रेता जेएफसी नेपाल प्रालिका अध्यक्ष विनय उपाध्यायका अनुसार पछिल्लो समयमा नेपालमा पनि तोयोकराजको लोकप्रियता र माग बढदै गएको छ । सोही कारण तोयोकाराजले यो वर्षभित्रै नेपालमा २५ वटा शाखा पु¥याउने योजना बनाएको छ । चाँडै अर्को शाखा कुपण्डोलमा खुल्नेछ ।

तायोकाराज जापानले पठाएको मापदण्डअनुसार नै चिकेनका विभिन्न परिकार प्रस्तुत गर्ने यो रेष्टुरेन्टमा स्थानीय चिकेन नै प्रयोग हुने भए पनि यसका अन्य मरमसला एवं स्वादहरु भने जापानबाटै आउँछन ।

तोयोकाराजमा सबै शाखाबाट बिक्री हुने चिकेनहरु थापाथलीमै तयार भई आवश्यक मात्रैमा अन्य शाखामा पठाइन्छ । जापानबाट नियमित रुपमा कुकहरु आएर यहाँका रेष्टुरेन्टहरुको अनुगमन र नेपाली कुकहरुलाई तालिम दिँदै आएका छन् । तोयोकाराजका परिकारहरु गुणस्तरीय, स्वादियो मात्रै होइन निकै सस्तो पनि भएकाले लोकप्रिय बन्दै गएको हो ।

Toyokraj-japnes-resturant

यसमा प्रयोग गरिने ससहरु घरमा तयार पारिएकै स्वादका छन् । नयाँ आउटलेटहरुले उद्घाटनको अवसरमा ग्राहकलाई १० प्रतिशत छुट योजनासमेत घोषणा गरेकाछन् । थापाथली र भोटभटेनीले यसअघि नै होमहेलिभरी सुरु गरिसकेका छन् भने महाराजगञ्जले पनि चाँडै यो सुविधा सुरु गर्ने । (तोयोकाराजमा शाकाहारीका लागि छुट्टै परिकारको समेत व्यवस्था गरिएको छ । चिकेनका परिकारमा स्टिम मो.मो. फ्राइड मो.मो. बोनरेल चिकेन, चिकेन फ्राइ राइस, फ्राइ चिकेन, फ्लेजिङ विङस् आदि छन् ।

गुणस्तरको हिसावले सार्वजनिक धाराको पानीभन्दा मिनेर वाटर नै ठिक हुने देखेर धाराको पानी प्रयोग गर्ने गरिएको छैन । अर्डर दिएको करिव पाँच मिनेटमा परिकार तयार हुने भएकाले ग्राहकले धेरै समय पर्खनु पदैन । जापानको फुकुवा सहरमा कामको खोजिका लागि जापान पुगेका नेपालीले चिकनको स्वाद मन पराएकाले नेपालमा यसले राम्रो बजार पाउने आशा लिइएको छ । तोयोकाराजका फ्राई चिकन पश्चिमाहरुमा पनि उत्तिकै लोकप्रिय छ ।