दाङ, २० असार । दाङमा जंगली च्याउ खाँदा ८ जना विरामी परेका छन् ।
विषाक्त जङ्गली च्याउ खाँदा मानपुर–३ बस्ने ३० बर्षीय मान बहादुर चौधरी लगायत उनका परिवारका ८ जना शनिबार बिरामी भएका छन् ।
बिरामीहरुलाई उपचारार्थ राप्ती अंचल अस्पताल हुदै थप उपचारको कोहलपुर लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया