७ कार्तिक २०८३, शनिबार

अवैध यार्सागुम्बा बोकेकी सुस्मिता काठमाडौंबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौं, २० असार । अवैध यार्सागुम्बासहित एक महिला काठमाडौंमा पक्राउ परेकी छिन् ।

दोलखा घर भएकी २८ बर्षीया सुस्मिता लामालाई प्रहरीले ४ सय ५५ ग्राम यार्सागुम्बा सहित शनिबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका­१ स्थित विश्वनाथ पुडासैनीको घरमा डेरा गरी बस्ने लामालाई उनकै कोठाबाट लुकाई­छिपाई राखिएको उक्त परिणामको यार्सागुम्बा फेला पारी नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।