
बझाङ, १ पुस । नेकपा (एमाले) बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित भएका छन् ।
बझाङ जिल्ला कमिटीको आठौं अधिवेशनबाट भण्डारी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षमा अर्को उम्मेदवार कलकबहादुर खड्का थिए ।
यसैगरी, जिल्ला कमिटीको उपाध्यक्षमा लालबहादुर विष्ट निर्वाचित भएका छन् । आकाङ्क्षी एकभन्दा बढी भएपछि पदाधिकारीहरू सबैमा निर्वाचन भएको थियो ।
यसैगरी, सचिवमा नयनबहादुर बोहरा, उपसचिव दुई जनामा पंकज भण्डारी र राधा विष्ट खत्री निर्वाचित भएका छन् ।












प्रतिक्रिया