ललितपुर, २० असार । ललितपुरमा कलेज पढ्ने युवाहरुबीच झगडा परेको छ ।
एउटै कलेजमा पढ्ने दुबैले अलग–अलग समुह बनाएर विवाद बढेपछि दुबै समुहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ । कुटपिट गरेको अभियोगमा एक समुहका दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका२२ चापाहिटी बस्ने ३२ बर्षीय विदुर शाक्य र २० बर्षीय विके शाक्य रहेका छन् । उनीहरुले सोहीस्थान बस्ने २४ बर्षीय समन खडगीलाई सामान्य विवाद हुदा टाउकोमा रड प्रहार गरी कुटपिट गरेका थिए ।
घाइते खडगीको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया