७ कार्तिक २०८३, शनिबार

भोजपुरमा ठेकेदारमाथि खुकुरी प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackभोजपुर, २० असार । भोजपुरमा एक पुल बनाउने ठेकेदारमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहार गरेको अभियोगमा भोजपुर तिम्मा­९ बस्ने १९ बर्षीय अलप राई र प्रविन राईलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरी छिनामखु­१ इर्खूवा खोलाको पुल बनाउने डन्डीको फर्माको ठेकेदार सिराहा सुखीपुर­६ बस्ने अंदाजी ४० बर्षीय राम प्रशाद शर्मालाई खुकुरी प्रहार गरेका थिए । घाइते शर्माको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।