काठमाडौं, २० असार । नेपाल आइसीसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको बरियतामा औपचारिक रुपमा प्रवेश गरेको छ ।
क्रिकेटको सर्वाेच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आइतबार सार्वजनिक गरेको टी-२० वरियता तालिकामा नेपाल १५ औं नम्बरमा समेटिएको हो ।
हालै घरेलु टोली नेदरल्याण्डविरुद्धको चार म्याचको श्रृखला खेलेर पुरा गरेपछि नेपाल पहिलो पटक टी-२० को वरियता पाएको हो । बरियता तालिकाको पहिलो स्थानमा श्रीलंका, दोस्रो स्थान भारत तथा तेस्रो स्थानमा अष्ट्रेलिया परेका छन् भने नेपाल पुछारमा छ ।
२०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि आइसीसीले टी–२० राष्ट्रभित्र नेपाललाई पनि समावेश गराएको थियो ।
















प्रतिक्रिया