६ श्रावण २०८३, बुधबार

ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन् : प्रधानमन्त्री ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरी पुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरे ।

उनले लेखेका छन् ,‘आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ । असारमा रोपेको धान मंसिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो । आज ज्यापु दिवस पनि हो । काठमाडौं उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइन्छ भने पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइन्छ । नेपालमा बसोबास गर्ने धेरैजसो जातिहरूको आजको दिनमा कुल पूजा गर्ने चलन छ र विभिन्न ठाउँमा मेला लाग्छ । ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना !!’