२१ असार २०८३, आइतबार

एनपीएलमा लुम्बिनीको निकाल्यो पहिलो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) पहिलो जित हात पारेको छ ।

मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जितको खाता खोल्न सफल भएको हो ।

लुम्बिनी लायन्सले यो भन्दा अगाडीका चार खेल नै हारेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य दिएको थियो ।

चितवन राईनोज निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ मात्र बनाउन सफल भएको थियो ।

चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोड्न सफल भएका थिए भने बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए ।