
काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो । यो हारसँगै लुम्बिनी लगातार तेस्रो पटक पराजित भएको हो ।















प्रतिक्रिया