१ कार्तिक २०८३, आइतबार

सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ। यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको हो।

१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन उच्च दरले बढेको व्यापार समूहको मूल्य आज ८.७प्रतिशत घटेको छ। विशेषगरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो।

अर्काे, बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंकमा १.९४ प्रतिशत, फाइनान्समा १.२४ प्रतिशत, होटलमा ०.४० प्रतिशत, जीवनबीमा १.५० प्रतिशत, लगानीमा ०.०२ प्रतिशत, निर्जीवनबीमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ।

यसैबीच, माइक्रो फाइनान्स, उत्पादन र हाइड्रोपावर समूहक्रमशः ०.१२, ०.१४ र ०.५९ प्रतिशतले बढेका छन्।

खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरुमा इङ्वा हाइड्रोपावर (९.७प्रतिशत), स्वाभिमान लघुवित्त (९.४ प्रतिशत), अपरहेवाखोला (८.७प्रतिशत), माथिल्लो मैलुङखोला जलविद्युत (८.३ प्रतिशत), र सूर्योदय लघुवित्त (७.८ प्रतिशत) रहेका छन्।

विपरीत, सपोर्ट माइक्रो फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ। साथै, विशाल बजार कम्पनीको मूल्य ९.१७प्रतिशत, नेपालफाइनान्सको ५.०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशतमूल्य घटेको छ।

कारोबार रकमको आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत, सानिमामाइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर प्रमुख रूपमा अगाडि रहेका छन् ।