अर्जुन काफ्ले
मलेसिया, २६ जेठ । साथी बस्ने होस्टलको झ्यालबाट खस्दा शनिवार मलेसियाको पोर्टकेलाङ्गमा एक नेपालीको मृत्यु भएको छ ।
चार तल्लावाट खस्दा सिन्धुपलान्चोक घर भएका श्याम पौडेलको मृत्यु भएको उनका साथी खगेन्द्र राईले वताए । अत्याधिक मादक पदार्थ सेवन गरेका पौडेल ६ महिना अघि मात्र रोजगारीका सिलसिलामा मलेसिया आएका हुन् ।
उनको शव पोस्टमार्टमका लागि स्थानीय क्लाङ्ग अस्पतालमा राखिएको छ । मृत्यु दुर्घटना भएको हो कि उनले आत्महत्या गरेका हुन खुल्न नसकेको उनी कार्यरत कम्पनीका उनका साथीले वताए । आवश्यक प्रक्रिया पु¥याएर उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको बुझिएको छ ।














प्रतिक्रिया