३० आश्विन २०८३, शुक्रबार

फिल्म खेल्न टाइगरलाई सुपरस्टार ज्याकी चैनको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tiger-Sharffमुम्बई । कराँतेका पिता तथा हलिउड फिल्मका सुपरस्टार अभिनेता ज्याकी चैनले बलिउडमा चम्किँदै गएका पछिल्लो पुस्ताका अभिनेता टाइगर श्राफलाई फिल्म खेल्न प्रस्ताव गरेका छन् ।

अभिनेता टाइगरले ज्याकी चैनले आफूलाई फिल्म खेल्ने प्रस्ताव गरेको एक कार्यक्रममा खुलासा गरे । ज्याकीको आगामी एक्सन फिल्म ‘कुङ फु योगा’मा देखिन टाइगरलाई प्रस्ताव गरिएको हो ।

उनले फिल्ममा खेल्नका लागि सुपरस्टार ज्याकीसँग सम्बाद भइरहेको बताए । ‘उहाँबाट फिल्मको प्रस्ताव आएको छ । सम्पर्क र सम्वाद चलिरहेको छ अहिले नै खेल्ने बारेमा निश्चित भइसकेको छैन् ।’ उनले भने । टाइगरले ज्याकीसँग फिल्ममा खेल्नु आफ्नो ठूलो सपना भएको भन्दै फिल्म खेल्ने पक्का भए सपना पुरा हुने धारणा राखे ।

हलिउड सुपरस्टार ज्याकीले यसअघि उक्त फिल्ममा अभिनय गर्नका लागि बलिउड स्टार अभिनेता आमिर खानलाई भेटेरै प्रस्ताव राखेका थिए । तर, आमिरले आफू व्यस्त भन्दै खेल्न नसक्ने भनेपछि ज्याकीले टाइगरलाई प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।