२२ असार २०८३, सोमबार

एनपीएल खेल्न काठमाडौं आइपुगे अस्ट्रेलियन अलराउण्डर बेन कटिङ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । अस्ट्रेलियन अलराउण्डर क्रिकेटर बेन कटिङ नेपाल आइपुगेका छन् ।

शनिबारदेखि सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी नेपाल आएका हुन् । उनी लुम्बिनी लायन्सबाट एनपीएल खेल्दै छन् ।

३७ वर्षीय कटिङ दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलरका रूपमा चिनिन्छन् ।

सन् २०१६ मा कटिङ सहभागी सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि जितेको थियो । साथै, उनी आइपीएलको फाइनल खेलको म्यान अफ दि म्याच पनि बनेका थिए ।

उनीसहित लुम्बिनी लायन्सबाट विदेशी खेलाडी इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफर खेल्दै छन् ।

लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल छन् । लुम्बिनी लायन्सले यही मंसिर १९ गते दिउँसो १ः१५ बजे विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्दैछ । यो खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।