
स्याङजा, १४ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश बनाउन नेकपा (एमाले) र नेपाली काँग्रेसबीच गठबन्धन भएको बताएका छन् ।
आज छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार उद्घाटन गर्दै प्रविधिमन्त्री गुरुङले देशको समृद्धिका लागि दुई ठुला दल मिल्नुपर्ने बाध्यता आएको बताएका हुन् । नेपाली काँग्रेस र एमाले मिलेर पञ्चायत तथा राजतन्त्र फालेको साथै राजतन्त्र फाल्न माओवादीको समेत साथ रहेको उनले स्मरण गरे ।
वर्तमान सरकारले जनताको आवश्यकतालाई दृष्टिगत गरी काम गरिरहेको पनि उनले स्पष्ट पारेका छन् । काम गर्नकै लागि प्रमुख दुई दलको सहकार्य भएको मन्त्री गुरूङको भनाइ छ । प्रमुख दुई दलको सहकार्यमा सरकार बनेकाले २०८४ सम्म दुई दलकै आलोपालो सरकार चल्ने उनले प्रष्ट पारे । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको र अर्को सरकार काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने उनले बताए ।
सरकार प्रतिशोधको रााजनीति नभई सुशाासन कायम गर्न लागिपरेको उनको भनाइ छ । यस्तै मन्त्री गुरूङ यो पटकको प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऋण लिने काम नहुने स्पष्ट पारे । चीन भ्रमणमा यसअघि भएको सम्झौताको पुनर्ताजगी गर्ने उनले बताए । आज मन्त्री गुरूङले आधारभूत आँखा उपचार केन्द्रको मिर्मीबजारमा उद्घाटन गरेका थिए ।








प्रतिक्रिया