२६ असार २०८३, शुक्रबार

एकीकृत समाजवादीलाई भोट हाल्न माओवादी केन्द्रको निर्देशन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) ले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एकीकृत समाजवादी पार्टीलाई भोट हाल्न निर्देशन दिएको छ ।

माओवादी केन्द्रकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवारलाई समर्थन गरेपछि केन्द्रले नै हस्तक्षेप गर्दै एकीकृत समाजवादीलाई भोट हाल्न निर्देशन दिएको हो ।

माओवादीकी उम्मेदवार रहेकी विकले उम्मेदवारी फिर्ता लिएर एमालेकी उमेदवार सुलोचनाकुमारी भण्डारी बुढालाई भोट माग्दै हिँडिरहेकी छिन् ।

माओवादीको सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले एमालेको प्रचारमा हिँड्नु पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीतको क्रियाकलाप भएको बताएका हुन् ।