३० आश्विन २०८३, शुक्रबार

हिरोइनको कारले ठक्कर दिँदा एक बालिकाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hema-maliniमुम्बई । बलिउडकी चर्चित अभिनेत्रीको कार दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ ।

पश्चिमी भारतीय राज्य राजस्थानमा बिहीबार अबेर राति भएको एक कार दुर्घटनामा प्रख्यात बलिउड कलाकार तथा भारतीय सांसद हेमा मालिनी घाइते हुनु भएको छ ।

सो दुर्घटनामा परी एक चार वर्षीया बालिकाको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द मोदीको पार्टी भारतीय जनता पार्टीका सांसद ६६ वर्षीया हेमा मालिनीलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

उहाँलाई आँखाको माथिल्लो भाग, ढाड र गोडामा चोट लागको बताइएको छ । हेमा मालिनीको मर्सिडीज कार अर्को एक कारसँग ठोक्ँिकदा सो दुर्घटना भएको छ । हेमा मालिनी भारतको प्रशिद्ध सहर आगराबाट जयपुर गइरहनु भएको बताइएको छ ।

सो दुर्घटनामा परी चार वर्षीया एक बालिकाको मृत्यु भएको स्थानीय राज्य सांसद सङ्करलाल शर्माले समाचारदाताहरुलाई बताउनु भएको छ । यस दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारार्थ अस्पताल लगिएको छ ।

मृत्यु भएकी बालिकालाई अभिनेत्री तथा सांसदको कारले ठक्कर दिएको थियो । तिव्र गतिमा रहेको सांसदको गाडिले बालिका चढेको गाडिलाई ठक्कर दिएपछि उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।