३० आश्विन २०८३, शुक्रबार

निशा अधिकारीका स्क्याण्डलः ‘पत्रकार कुट्नेदेखी केश मुण्डनसम्म’ (भिडियो सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nisha-adhikari-mundan-pose-640x360

– विश्वास खड्काथोकी

काठमाडौं, १८ असार । अभिनेत्री निशा अधिकारीलाई नचिन्ने कमै होलान् । फिल्मको पर्दामा देखिएपछि यसै पनि चर्चाको केन्द्रमा पुगिन्छ । तर, निशा फिल्मले मात्र  चर्चित छैनिन्  । त्यो भन्दा बढी चर्चित उनले रचेका या गरेका स्क्याण्डलले भएकी छिन् ।

अमेरिका पुगेकी निशा अधिकारीले केश मुण्डन पारेको खबर अहिले छापा र अनलाईन मिडियामा छ्याप्छ्याप्ती बनेको छ । लामो समय फिल्मको पर्दाभन्दा बाहिर रहेकी निशाको केश मुण्डन पारेर काँधमा कालो विरालो राखेको फोटोले सनसनी मच्चाएको छ ।

nisha-mundanनिशा राम्रो काम मात्र होइन नराम्रो काम गरेर पनि चर्चामा आइरहेकी हुन्छिन् । उनी र क्रिकेटर शरद भेष्वाकरको अफेयर्स सम्बन्धले पनि करिव एक वर्षसम्म नेपाली मिडिया तात्यो । नेपाली चलचित्र ‘फिटकीरी’को प्रिमियर शोमा दुवै जना सँगै देखिएर उनीहरुले आफ्नो सम्बन्धबारे ग्रीन सिङ्गनल दिएका थिए । पछि निशा आफैले भनिन्, ‘हो हामीबीच प्रेम सम्बन्ध छ ।’

यतिसम्मकी उनीहरु सार्वजनिक कार्यक्रम मै हातमाथि हात खापेर हिँडेको समेत देखियो । शक्ति गौचनका पिताको निधन हुँदा दुबै जना पशुपति पुगे र, खुब तमासा देखाए । तर, अहिले उनीहरुबीच ठाकठुक भएको खबर बाहिर आएको छ । निशाले कपाल मुन्डन पारेर यसैको संकेत दिएको पनि कतिपयको अनुमान छ ।

Sarad-n-nisha1निशा र पत्रकारबीचको सम्बन्ध पनि बेला बेला चर्चामा आउने गर्छ । यही सम्बन्धको कारणले उनी एक समय निकै चर्चामा थिईन् । आफ्नो भिडियो खिचेको भन्दै टि–टिभीका पत्रकार अनुप बरालको क्यामेरा खोस्न पुगेपछि उनको निकै आलोचना भएको थियो । खै उनलाई आफ्नो गोप्य अंगको फोटो खिचे जस्तो पो लागेछ की ? ‘लुट’ फिल्मको सक्सेस पार्टीमा उनले भटराईलाई ‘त’ भन्दै अभद्र व्यवहारगरी क्यामेरा खोस्न कस्सिएकी थिइन् । जसले गर्दा कार्यक्रम नै बिथोलिएको थियो । तर, पत्रकारहरुको दबाबपछि माफी माग्न बाध्य भइन् ।

उनको रिस आझैसम्म परिरहन्छ क्यारे । करिब चार महिना पहिले उनले एउटा स्टाटस् लेखिन् । जुन स्टाटसले सनसनी मच्चायो । पत्रकारले एक प्लेट मःमको भरमा समाचार लेख्छन् भन्दै निशाले पत्रकारमाथि आक्रोस पोखेकी थिईन् ।

nisha-everest-climbअभिनेत्री निशा अधिकारी सगरमाथा आरोही पनि हुन् । गतवर्ष उनको सगरमाथा आरोहणले पनि नेपाली मिडिया बजार तात्यो । उनी अभिनेता अर्जुन कार्कीसँग सगरमाथा उक्लेकी थिइन् ।

केही समयदेखि फिल्मी पर्दामा नदेखिएकी निशा अमेरिका उडेकी छिन् । शरद भेष्वाकरसँगको ब्रेकअपको खबरले त उनी चर्चामा नै छिन् । अमेरिका पुगेर फेरि अर्को चर्चाको बीच रोपेकी छिन्, ‘कपाल मुण्डन पारेर ।’ उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्दै लेखेकी छिन्, ‘केश मुन्डन पर्दै प्रत्येक पलको मजा लिएँ ।’

Sarad-n-nishaउनले अभिनेत्री रेखा थापाको पदचाप पच्छाईरहेकी छिन् । रेखाका पनि अनगिन्ती स्क्याण्डलहरु जिवितै छन् । अहिलेसम्म निशाले  बरु बड्नाम होस्, गुमनाम नहोस्को सिद्धान्त अपनाएकी छिन् । अब हेर्न बाँकी छ निशाले अझै कस्ता कस्ता चर्तिकता प्रदर्शन गर्ने हुन् ।