१ कार्तिक २०८३, शनिबार

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।

दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो ।

बैंकका अनुसार जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिनेछ ।

न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ। यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्नसक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर/गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप पुर्ननिर्माण/मर्मत सम्भार गर्न प्रदान गरिने बैंकले जनाएको छ ।