भनिन्छ, पत्रकार राष्ट्रको चौथो अंग हो, तर पटकपटक गरिने अशोभनीय अचाहरणका कारण नेपालमा वर्तमान पत्रकारिता अझै शिशु अवस्थामै रहेको मान्न सकिन्छ । कुनै पनि घटनाक्रमलाइ गहिरिएर हेर्ने र वास्तबिकताको नजिक नै नपुगी हतारमा समाचार सम्प्रेसन गर्ने वानी नै परेको छ हाम्रा पत्रकार साथीहरुलाइ ! सहि र तथ्य मुलुक समाचार सम्प्रेषण गरि जनतालाइ सुसुचित गर्ने धर्म पत्रकारिताको हो । यस धर्मभित्र संप्रेषित समाचारले अर्काको मान हानि तथा नोक्सानी भने पुग्नु हुदैन । कतिपय कुराहरु धेरै संबेदनशिल हुन्छन, जसले समाजका हरेक अंगलाइ असर गर्दछ ।
क्यामेरा समात्न जान्दैमा अनि मन्त्रीलाई नंग्याउने निहुँमा महिलाहरुको हुर्मत लिने अधिकार तपाईलाई कसले दियो पत्रकार महोदय ?
प्रसंग धान रोपाईको: यस घटनामा पत्रकारहरू अलिकति पनी संवेदनशील नहुँदा निर्दोष महिलाहरू ठूलो वेईज्जती र अपमानित हुनु परेको छ । यो महिलाप्रतिको सामाजिक हिंसा बरावरको सामाजिक अपराध हो ।हातमा क्यामेरा हुँदैमा जथाभावी खिचिने र प्रकाशन गरिने फोटो तथा भिडियोहरू पत्रकारिताको आचारसंहिता विपरीत छन ।क्यामेरा समात्न जान्दैमा अनि मन्त्रीलाई नंग्याउने निहुँमा महिलाहरुको हुर्मत लिने अधिकार तपाईलाई कसले दियो पत्रकार महोदय ?

पत्रकारहरु पनि समाज कै अंग हुन् र यीनका पनि आमा, बाउ, श्रीमती छोरा छोरी, दिदिबैनी, तथा नाता गोता आदि छन् ।प्रविधिको विकासक्रमले मान्छेका तस्बिरहरु अनेक रुपले प्रस्तुत गर्न सकिन्छ । त्यसमा पनि विना ठोस आधार तथा अनुमतिनै नलिई कसैको पनि तस्वीर खिच्न र सार्वजनिक गर्न समेत पाईदैन । तपाईको गलत हर्कतका बारेमा तपाईका निर्दोष परिवारको फोटो राखी समाचार बनाई कसैले सार्वजनिक गर्दा तपाईलाई कस्तो महसूस होला पत्रकार महोदय ? मेरो समाचारले एउटा बेबकुफ मन्त्रीले राजिनामा गरे भनी तपाईँ आज खुशी हुनुभयो होला तर ती निर्दोष महिलाहरु लगायत एउटी सत्तरी बर्षिया आमा जसलाई तपाईँको गैरज़िम्मेवार हर्कतले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको छ, तिनको आँशुले तपाईलाई ज़िन्दगीभर रुवाउने छ ।
नेपालको पत्रकारिताको प्राथकिमकतामा प्रायः राजनीतिक घटनाक्रमहरुको बोलवाला रहेको पाइन्छ । हुन त, यसको इतिहासदेखि नै राजनीतिक घटनाक्रमको चर्चा गर्नु र राजनीतिज्ञहरुको वरिपरि केन्द्रित रहनु नियति नै बनेको छ। समाजका लागि लेखिने ज्ञानमुलक लेखहरुले भन्दा समाजलाइ असर पार्ने समाचारहरुले नै मुख्य कभरमा प्राथमिकता पाउँछन् । मैले यो लेख लेखेको छु तर यसले कभरमा स्थान नपाउने निश्चित छ । कारण, यो लेख पत्रकारिता र संचालकको प्राथमिकता भित्र पर्दैन । मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि पत्रकारिताले आफ्नो पेशागत धर्मको ख्याल गर्नु पर्ने बेला आएको छ। त्यसैले नेपालको पत्रकारिताको नैतिक र वौदिक विकासका लागी वकालत गर्नु आजको आवश्यकता भइसकेको छ ।














प्रतिक्रिया