१ कार्तिक २०८३, शनिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर एक लाख ६६ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।