
काठमाडौं, ११ कात्तिक । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ मेनेजरहरुलाई पोखरामा कात्तिक ९ र १० गते एक रात दुई दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटलको ग्राण्ड कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, ट्रेनर तथा लाइफ को रविन कटुवाललगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रममा देशैभरबाट ५०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली)ले अभिकर्तामार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै व्यवसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताइन् र महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही व्यवसायिक रुपमा अभिकर्तामार्फत आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरेकी थिइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरे । उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्गदर्शन पनि दिए । साथै, उनले आफ्ना अभिकर्ताहरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु ल्याउन काम गरिरहेको जानकारी दिए ।
















प्रतिक्रिया