मलेसिया । एकीकृत नेकपा माओवादीको प्रवासस्थित शक्तिशाली संगठनका प्रमुख नेताले बुधबार राजीनामा दिएका छन् ।
प्रवासमा रहेको एमाओवादीको शक्तिशाली संगठन नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका १५ जना नेताले बुधबार राजीनामा दिएका हुन् ।
एमाओवादीको प्रवास कमिटिमा शक्तिशाली संगठनका रुपमा रहेको मञ्च मलेसियाका कार्यसमितिका ५ सदस्य सहित १५ जनाले सामुहिक राजीनामा दिएपछि विवाद सतहमा देखिएको हो ।
असन्तुष्ट पक्षले महाधिबेशनबाट निर्वाचित नेतृत्व स्वच्छाचारी रुपमा अघि बढेको भन्दै राजीनामा दिएका हुन । राजीनामा दिनेमा संगठनका प्रमुख नेता राजु ढुङ्गाना, एसके भट्टराई, इन्द्र भण्डारी, कुल खडका र संघर्ष दिपक लगायत रहेका छ्न् ।
उनीहरुले नेतृत्वमा बुझाएको राजीनामा पत्रमा नेतृत्वले आफूहरुलाई अपमान गरेको आरोप लगाएका छ्न । राजीनामा दिने सबै पूर्व जनमुक्ति सेना रहेका छ्न । अधिवेशन सकिएको २ महिना नबित्दै एनेकपा माओवादी निकट नेपाली जनप्रगतिशिल मञ्च मलेसियामा विवाद देखिएको हो ।
















प्रतिक्रिया