३० आश्विन २०८३, शुक्रबार

गायनमा अघि बढ्दै तनहुँका गुरुङ, को हनु गुरुङ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

min gurung1– प्रकाशचन्द्र भट्टराई

तनहुँ । गायन क्षेत्रमा मिन गुरुङको नाम नसुन्ने कमै होलान, तनहुँको पुर्काेट गाविस–१ बाईसजागरमा जन्मेका गायक गुरुङको सांगीतिक यात्रा निकै अगाडि बढेको छ ।

हाल काठमाडौंमा बसेर सांगितीक क्षेत्रमा संघर्ष गरेका २९ बर्षीय गुरुङले हालसम्म २ दर्जन भन्दा बढी गीतहरु गाई सकेका छन् । गायन क्षेत्रमा मात्र होईन शब्द रचना र संगितमा समेत उनको उचाई बढिसकेको छ । ‘प्रेम हो की यो सजाय’ भन्ने बोलको गीतबाट आफ्नो करियर सुरु गरेका गुरुङको एकल एल्बम समेत निस्किसकेको छ ।

६ बर्ष अघिबाट गीत गाउन सुरु गरेका गुरुङको एकल गायनमा चर्चित संगितकार बसन्त सापकोटाको संगित र रचनाकार राजेन्द्र थापाको शब्दमा एकल एल्बम ‘सफल’ सांगितिक बजारमा निकै सफल भएको थियो । उनका प्राय आधुनिक र लोक पप शैलीका गीतहरु बजारमा रुचाईएका छन् । तर उनको सबै प्रकारका गीतहरु बजारमा आएका छन् । पछिल्लो समय उनले एक चलचित्रमा गाए पनि प्राविधिक कारणले उक्त चलचित्रको छायांकन नै सुरु भएको छैन । गुरुङले पछिल्लो समय भूकम्पले पु¥याएको क्षतिको बारेमा गायक मनोज राजको शब्द र संगितमा गीत बजारमा ल्याउने तयारीमा छन् । सो गीतमा उनलाई ११ जना गायकहरुले साथ दिएका छन् । सो गीतको म्युजिक भिडियोको छायांकन भईरहेको छ ।

गायनमा मात्र नभएर उनी संगित र शब्दमा समेत निकै पोख्त छन् । हालै मात्र गुरुङको शब्द र संगितमा गायक राम सापकोटाको श्वर रहेको एल्बम ‘मैच्याङ’ बजारमा ल्याउने तयारी भैरेहको छ । गुरुङको शब्दमा गायिका रुश्मा राई, गीता भट्टराई, बिना भट्टराई, गायक राम सापकोटा लगायतले श्वर दिएका छन् । पछिल्लो समय गुरुङले तनहँु केशवटार गाविस–७ छाब्दी का दुर्गानिधी कौडालको रचनामा गजल र रोईला गीतमा श्वर दिने तयारी गरेका छन् । सो गीतको म्युजिक भिडियो तनहँुको छाब्दी लगायतका स्थानमा छायांकन गरिने छ ।

min gurung

विभिन्न जिल्लामा हुने मेला र महोत्सवमा गएर आफ्नो प्रस्तुती देखाउने गरेका गायक गुरुङले तनहुँमा भने आफ्नो प्रस्तुती देखाउन हाल सम्म पाएका छैनन । विभिन्न जिल्लामा प्रस्तुती देखाउने अवसर पाएपनि जिल्लामा त्यो अवसर नपाउँदा आफ्नो प्रतिभामा निखार ल्याउन अझै नसकिएको गुरुङले बताए । जिल्लाका महोत्सवमा आयोजकले कमिसनको लोभमा अन्य गायकहरुलाई ल्याउँदा जिल्लाका प्रतिभाहरु छायाँमा पर्ने उनको अनुभव छ ।