
काठमाडौं, ७ कार्तिक । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो चैमासमा दुई अर्ब बढी नाफ गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यही अवधिको भन्दा ४० प्रतिशतले बढी हो ।
गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने वितरणयोग्य नाफा करिब ५ अर्ब अर्थात् ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वितरणयोग्य नाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ थियो ।
बैंकको प्रतिसेयर आम्दानी २९.८३ रुपैयाँ र खराब कर्जा ४.२४ प्रतिशत छ । बैंकको सञ्चालन नाफा बढेर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, बैंकको कर्जा लगानी र निक्षेप संकलन बढेको छ । बैंकको कर्जा बढेर ३ खर्ब ८१ अर्ब २८ करोड ९० लाख र निक्षेप ४ खर्ब ७९ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।







प्रतिक्रिया