२२ असार २०८३, सोमबार

प्रभु बैंकले तीन महिनामा कमायो १ अर्ब बढी नाफा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कार्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३ करोड खुद नाफा गरेको थियो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.१६ प्रतिशत वृद्धि भएको छ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६२ करोड ८६ लाख १५ हजार रुपैयाँ पुगेको हो । बैंकको संचालन मुनाफामा भने ९.९२ प्रतिशत घटेर १ अर्ब ४० करोड ३९ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । पहिलो त्रैमासमा बैंकले ३ करोड ४७ लाख १५ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि थोरै बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ पैसा बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ९.४३ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.३२ प्रतिशत र कर्जा तथा सापटी १.१७ प्रतिशत घटेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि ४.९४ प्रतिशत पुगेको छ ।