भ्यागुताले साउने झरीको सेरोफेरो फुल पार्ने समयमा चाहिएको भन्दा ज्यादा ट्वार्र ट्वार्र गर्दछ । बिशेष जातिका भ्यागुताले अंग्रेजी महिनाको अप्रिलदेखि अगस्तसम्म ट्वार्र ट्वार्र गर्दछन् । त्यसपछि ट्वार्र ट्वार्र पूर्ण बन्द हुन्छ र फुल पार्न बन्द हुन्छ । तर, मानिसले फुल पार्ने अलिक खतरा हुन्छ र फुल पारे मात्र राम्रो तर फुलमा बुट्टा लगाई दिँदा कुरा बिग्रन्छ । अमेरिकामा भूमिगत तथा अर्ध भूमिगत रुपमा रहँदै आएका नेपाली समुदायमा केही यस्तै फुल पार्न र बक्र रेखामा कुरा बनाउन खप्पिस छन् । जसले दुई चार महिना देखि सतह बाहिर निस्किएका र चराचिरुंगीले जस्तै बस्ने गुढ कहिले कता, कहिले कता भन्दै नेपाल र अमेरिकाका नेपाली समुदायलाई चक्मा दिएर कँही उपस्थित नभई आफ्नै मन गढ़न्ते तथा अतिरतिपूर्ण नकारात्मक समाचार सम्बन्धि कलम चलाउँदै आएका छन् । नेपालको ट्वार्र ट्वार्र अचेल फेरी केही समयको लागि यदाकदा सुनिने गरेको छ । अमेरिकाबासी नेपाली समुदायलाई सन्देश जबर्जस्त पठाउन सुरु गरेका छन् ।
यी मानिस को होलान ? तपाईंहरु आफै अनुमान लगाउन सक्नुहुन्छ । यी सक्कली हुन् या नक्कली हुन् भन्ने अधिकांश नेपाली समुदायको चासोको बिषय भएको छ । उनले साँचो लेखेका हुन् या कसैले उनको नामबाट फाइदा उठाई लेखेका हुन् ? यस्तै चर्चा र परिचर्चा हुन्छ अमेरिकामा उनको । पहिला पहिला सार्बजनिक रुपमा यदाकदा झुल्किएको र केहि मानिससँग पहिचान पनि छ भनि सुनिएको छ । उनि सार्बजनिक रुपमा कहिले झुल्किएका छैनन । अमेरिका छिरेदेखि उनले यो हर्कत देखाउने गरिरहेका छन् । उनले आफ्नो परिचय बिरालोले आफ्नो बिष्टा लुकाएको जस्तो बर्षौसम्म लुकाएका थिए । हाल उनी गैर आवासीय नेपाली संघ अमेरिकाका लागि उम्मेद्वारी दिएपछि सार्बजनिक रुपमा उनले आफ्नो तस्बिर बाध्य भै उपलब्ध गराएका छन् । नत्र कुनै प्रमाण कँही पनि छोडेका छैनन किनभने त्यसको कारण उनी नै जानुन । तर, अमेरिकाका नेपाली समुदाय भन्दछन्- उनले के लेख्दैनन भन्दा पनि के चाँहि बाँकी राखेका छन् र कसलाई लेखेका छैनन ?
त्यो पनि उनले सम्भवत भए आफ्नो तस्बिर निकाल्ने थिएनन् तर निकाल्नु पार्ने बाध्यतामा परेका हुन् किनभने उनको सबै भन्दा ठुलो शत्रु वर्तमान एएनएका नेतृत्व वर्ग हुन् । सत्ता बाहिर भएका असन्तुष्ट पुर्व पदाधिकारीसँग उनको साँठगाँठ शत प्रतिशत छ । कारण, एएनएका वर्तमान पदाधिकारीहरुको कन्तबिजोक र निस्कासित भएको जोखाना हेरेर बसेका छन् । एएनएका वकिलले सूचना सार्बजनिक गरि रजर अधिकारीले वर्तमान समितिलाई अदालतको मानहानी भनि हालेको मुद्धालाई भन्दा सबैलाई बर्खास्त गरि पाउँ भनी हालिएको मुद्धामा अदालतले वर्तमान एएनएका अन्तरिम अध्यक्षलाई नै कायम गरेपछि बाघे झप्पु यिनलाई पनि लागेको छ । किनभने बिनोद कुमार नेपालले सबै महारथी हटाइने भनि खुशी हुँदै पठाएको सूचना जारी गरे पनि सबै कार्यकारी समिति यथावत नै कायम भएकोले अर्को चड्कन लागेको छ । र उनि त्रिकालदर्शी झैँ भबिष्यबाणी गरि जबर्जस्त सूचना पठाई उनको कुरा पत्याउन पार्ने गरि कलम घुमाउने क्रम जारी राखेका छन् ।
कलम चलाउन खप्पिस तर अरु पनि उनीजस्तै कलम चलाउन सिपालु छन् । उनले यो हेक्का राखेका छैनन् । एकहोरो अमेरिकाका नेपालीले उनको बेमतलबको सूचना पढुन या नपढुन, खाए खा नभए घिच भनी बिधुतीय डाँक पठाउँछन् । शब्दजालले सोझा नेपाली समुदायलाई आँखामा छारो हाल्ने कोसिस गर्दछन् तर अमेरिका जस्तो मुलुकमा उनको ट्वार्र ट्वार्र सुन्ने फुर्सद कसलाई होला ? मानिसको कान पकाईसकेका छन् ? झुटमाथि झुट र असत्यमाथि असत्य प्रचारप्रसार गर्न माहिर उनले एएनएका अधिवक्ताले ३२ औ एएनए सम्मेलन कसैले अबैध या गैरकानुनी भन्छ र यदि प्रमाणित भएमा कानुनी दायरा भित्र ल्याउनेछ भनि मे ५ तारिखमा बिश्वभर पुगेको समाचारलाई एएनएका नेतृत्वलाई सामूहिक मुद्धा चलाउने शिर्षकमा ३२ औ एएनए सम्मेलनलाई अबैध नभनी केवल अतितका २९ औ, ३० औ र ३१ औ सम्मेलन गैरकानुनी संचालन गरेका आयोजक भनी कुरालाई बंग्याई अमेरिकाका बुद्धिजीवि वर्गलाई झुक्याउने कोसिस गरेका छन् ।
यिनैले २०११ को एएनए डिसी सम्मेलन विफल बनाउन अनेकौ कोसिस गरेको र हद भन्दा ज्यादा भै २९ औ सम्मेलन सुरु हुनु भन्दा अगाडि सम्मेलन नहुने भो भनि सूचना पठाई समाजलाई दुबिधा बनाई दिएका थिए । तर, आयोजकहरुको ऐक्यबद्दताको कारण ऐतिहासिक सफलता मिलेको अमेरिकाका सम्पूर्ण नेपाली समुदायलाई स्मरण गराई रहनु नपर्ला । अनेक तिकडम र यिनको ब्रम्हअस्त्र प्रहार गर्दा पनि केही सिप नलागे पछि भूमिगत भएको सबैले अनुमान गरेका थिए कारण कुनै प्रतिक्रिया नदिई थन्किएका थिए । उनले एएनएको २९ औ, ३० औ र ३१ औ गैरकानुनी रुपमा संचालन गरिएको दाबी गरेका छन । अवैध हो भने सिद्ध गर्नुपर्छ । वेदले सिद्ध गर भन्छ, यदि सिद्ध हुँदैन भने त्यो असत्य हुन्छ । अमेरिकामा वाक स्वतन्त्रता छ र आफु खुशी जे गर्न पनि पाइन्छ । अमेरिकामा जे जे पायो त्यहि लेख्न सकिन्छ या सकिँदैन उल्टी खोपडीले सोच्नुपर्ने हुन्छ ।
नेपाली समुदायका शिक्षक, समाजसेवी, बिद्यार्थी, संस्था, पत्रकार, बुद्धिजीवी, वकिल, साहित्यकार, प्राध्यापक, कुटनैतिक व्यक्तित्व, उद्यमी, ब्यबसायी, कवि ,संसदका उम्मेदवार, उपन्यासकार,गीतकार, गायक, समालोचक आदि सबैलाई तथानाम तथा तल्ल स्तरको घटिया शब्द प्रयोग गरेका छन् । एएनए सम्मेलन बैधानिक हो या अबैधानिक भन्ने यिनी को हुन् ? यिनको के हैसियत छ ? त्यो त सरकारको काम हो, उनले दाबी गरेको कुरा भ्रम र असत्य हो, समुदायलाई आँखामा धुलो हाल्ने भ्रममुलक सूचना हो । ३० औ एएनए सम्मेलनमा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपाली समुदायलाई दिएको शुभकामना सन्देश ३० औ एएनए टेक्सास सम्मेलनमा समुद्घाटनमा पढेर सुनाईएको थियो । त्यो निक्कै महत्वपूर्ण भएको छ अनि कसरी अबैधानिक ? अमेरिकाको गोप्य सूचना बिभागमा बिन लादेन कहाँ बसेको त थाहा पाउने अमेरिकाले यहि जन्मेको एएनए सम्मेलन अबैधानिक भन्ने थाहा नपाउला त ? नेपालको प्रतिनिधित्व गर्ने नेपाली दुताबास लगायत ४३ वटा संसारका संचारमाध्यमहरुको अनवरत सहयोग र सागर उर्लिएको सम्मेलनमा आफ्नो कोठामा एक्लै धुमधुम्ती बसी कल्पना गरि सम्मेलन अबैधानिक भनि सूचना प्रसार गर्नु दरिद्र मानसिकताको साथै हतोत्साहित मनोबृति हो ।
पटकपटक सार्बजनिक रुपमा झुटो लेखेका छन् कि एएनएका वर्तमान अध्यक्ष स्वत घोषित भनि गम्भीर आरोप लगाएका छन् । उनी कँही पनि आएका पनि छैनन र आउने आँट पनि गर्दैनन् किनभने उनी माथि सयौ सबाल जत्थाले सोध्नेछ र त्यहाँबाट उम्कने मौका पाउने छैनन । यदि वर्तमान अन्तरिम अध्यक्ष आफै घोषित गरेको हो भने सिद्ध गर । आरोप लगाउनेले सिद्ध गर्नुपर्छ नत्र बकम्फुसे आरोप रद्धीको टोकरीमा फ्याल । मार्च महिनामा एएनएको अन्तरिम अध्यक्ष छेबांग शेर्पानै हुन् भनि अदालतले पुनM तोकी दिएको छ । मार्च २८ तारिखमा एएनएका वर्तमान कार्यकारी समितिलाई सिध्याउने योजना विफल भएकोले यी बिनोद कुमार लगायत अन्यलाई पीडा वृद्धि भएको छ । हालीमुहाली गरौँला र सत्ता कब्जा गरौँला भन्ने कल्पना र योजना तुहिएको छ । एएनएले कार्यकारी समितिले अप्रिल महिनामा नै निर्वाचन समिति गठन गरि सार्बजनिक गरि सकेको झन्डै १ महिना १० दिन पछि मे २२ तारिखमा मात्र अदालतले निर्वाचनको लागि ट्रस्टीको सिफारिस गरेको मिति हुँदाहुँदै बिनोदकुमार नेपालले यो झुटा समाचार भनि प्रचार गरेका छन् । एएनएले एक महिना १० दिन अगाडि नै निर्वाचन समिति बनाइसकेको थियो यसमा पनि उनले भ्रामक समाचार प्रचार गरेका छन् ।
दन्त्य कथाको सुगा रटाईले काम गर्दैन र यस्ता कुरा बारम्बार दोहोर्याउन बन्द गर्नुपर्छ । रजर अधिकारी २०११ मा कहिले उपाध्यक्षमा निर्वाचित भए ? कहिले निर्वाचन भएको थियो ? आफै घोषणा गर्दा अदालतले वर्तमान अध्यक्षलाई श्रीपेच लगाई सिँहासनमा राखेको अमेरिकाभरका नेपाली समुदायलाई घोकाई राख्नु पर्दैन । आफै निर्वाचित भएको घोषणा गर्ने समूहलाई अब अमेरिकाका नेपाली समुदायले विश्वास गर्दैनन । पटकपटक उपाध्यक्षमा निर्वाचित भन्ने थेगोले कानको जाली फुट्न मात्र बाँकी छ ।
सन् २००९ को एएनएको निर्वाचनमा को पराजित भएको हो र यस बिषयमा खोज गर्नुपर्ने अपरिहार्य हुन्छ । सिद्ध गर अनि नेपाली समुदायले विश्वास गर्नेछन् । आफैले आफै घोषणा वर्तमान अध्यक्षले गरेका हैनन । एएनए २००९ देखि ०११ को कार्यकारी समिति, एएनएको बार्षिक साधारण भेलामा सार्बजनिक रुपमा संचारमाध्यमका अगाडि एएनए डिसी सम्मेलनमा बनाइएको अध्यक्ष छेबांग शेर्पा हुन् । अदालतले सन् २०११ र पुन: मार्च २८, २०१४ मा तिमी नै अन्तरिम अध्यक्ष हौ भनी छाप लगाई दिएका शेर्पा हुन ।
आफैले आफै निर्वाचनमा बिजयी भनि घोषणा गर्दैमा हुन्छ ? अब देखि त्यस्तो गल्ती गरि माथि चढाउने र मुनि थेचार्ने बन्द गर । जे भन्दा पनि हुने हो भने जेजे पद माग्छन लेखिदेउ ? नेपालमा पनि बिभिन्न सरकारहरु १० बर्षे जन युद्धकालमा घोषणा गरेका थिए, भयो त ? अब एएनएको निर्वाचन आउँदैछ र गोर्खालीले खुला मैदानमा उत्रनुपर्छ किनभने हामी सबैको साझा संस्था एएनए हो । कसैको निजी क्लब हैन । कुन दुनियाँमा हामी छौ ? अमेरिकाका समुदायले केही बुझ्दैन रु ३१ औ सम्मेलन कसरी गैरकानुनी ? ३१ औ एएनए न्युयोर्क सम्मेलनमा नेपालका लागि वर्तमान अमेरिकन राजदुत पिटर बोडे मुख्य अतिथि थिए । के अमेरिकालाई थाहा हुँदैन एएनए सम्मेलन गैरकानुनी थियो भन्ने ? यस्तो सस्तो प्रचारप्रसार अन्त्य गर । ३१ औ एएनए सम्मेलनमा अहिलेका प्रधानमन्त्री शुशील कोइराला बिशेष अतिथि थिए । कांग्रेस जस्तो दललाई एएनए सम्मेलन अबैध छ भन्ने थाहा हुँदैन ?
एएनए कसैको पेवा हैन । ३२ औ एएनए सम्मेलन संघारमा छ । निर्वाचन पछि जो कोही पनि निर्वाचित हुन् सक्ने छन् हाम्रा मान्छे भन्दा पनि राम्रा मान्छे आउनुपर्छ भनें सबैको मान्यता हुन्छ । आफूले भनेको सबै सही, अरुले भनेको सबै गलत ? नेपाल प्लसमा आफु न्यु ह्याम्प्सायेर बसेर नाम बिनोद कुमार टेनेसी भनि एएनएको बिरुद्धमा केही लेखेको समाचार यसप्रति निगरानी राख्नेले देखेका छन् । संचारमाध्यमलाई समेत चक्मा दिनेको कालो कर्तुत र पर्दाफास भै सकेकोले झुटको खेती गर्न र भ्रम सिर्जना गर्न बन्द गर । ट्वार्र ट्वार्र अब बन्द गर । सक्छौ दिमाग लगाए, यही सुझाव छ । भ्यागुताको ट्वार्र ट्वार्र भ्रम विदेशी भूमिमा फैलाउने काम नगर । सबैलाई चेतना भया ।
लेखक एएनएका महासचिव हुन् ।














प्रतिक्रिया