
काठमाडौं, ४ कात्तिक । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ । यसले अझै धेरै प्रयोगकर्ताहरूलाई प्रिमियम मोबाइल अनुभवहरू प्रदान गर्नेछ ।
यो नयाँ मोडेलले ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवीनताहरू जस्तै एआई-परिष्कृत फोटोग्राफी र अत्याधुनिक विशेषताहरू ल्याएको छ ।
यसमा ६.७ इन्चको डायनामिक एमोलेड २ह डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेट रहेको छ । एआई सञ्चालित प्रोभिजुअल इन्जिन र फोटो असिस्ट, ५०एमपी मुख्य क्यामेरा सेन्सर, सामसङ नोक्स सुरक्षा यसको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एस२४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ । यसको मूल्य ९४ हजार ९९९ रुपैयाँबाट सुरु हुनेछ । साथै, ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा ४ हजार ७५० रुपैयाँ प्रति महिनाको ईएमआईमा यो फोन किन्न सक्नेछन् । प्रक्रिया सुरु गरेको एक घण्टा भित्रमा आफ्नो नयाँ ग्यालेक्सी एस२४ एफई लिन सकिनेछ ।
यसैगरी, ३ हजार रुपैयाँसम्मको विशेष बोनससहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको सामसङ नेपालले जनाएको छ ।















प्रतिक्रिया