३० आश्विन २०८३, शुक्रबार

यस्तो छ ‘फिरफिरे फिरिरी’को आइटम गीत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको गीत आजै सार्वजनिक गरिएको हो ।

यही कात्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

आइटम गीत ‘टिमिक्कै चोली’मा मोडल अलिशा शर्माले नृत्य गर्नुभएको छ । नबिन भट्टको डेब्यु निर्देशन रहेको चलचित्रको गत साता शीर्ष गीत सार्वजनिक गरिएको थियो ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो । नितिश पुन सहनिर्माता रहनुभएको छ ।

अधिकारीले यसअघि चलचित्र ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गर्नुभएको थियो । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाइरहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को निर्माण गर्नुभएको हो ।

चलचित्र ‘फिरफिरे फिरिरी’मा सन्दीप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ ।

यस चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ । चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ ।

चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।