३० आश्विन २०८३, शुक्रबार

इट एण्ड ड्रिकं रेस्टुरेन्ट यूएईबाट भूकम्प पीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukamp-pidit-help

– गीतामणि पाण्डे

युएई । गत शुक्रबार युएईको बर दुबईमा रहेको नमस्ते ट्रावलमा एक कार्यक्रम आयोजना गरी नेपालमा गएको विनाशकारी भूकम्प पीडितहरुका लागि राहत स्वरुप अर्थिक सहयोग गरेको छ ।

नेपालमा आएको विनाशकारी भूकम्पबाट क्षति भएकोले उक्त क्षतिलार्इ केहि हदसम्म भएपनि मलम पट्टि लगाउन सकिन्छ कि भन्ने सोचका साथ यूएईमा रहेको इट एण्ड ड्रिंक रेस्टुरेन्टमा काम गर्ने छत्र बहादुर कुँवरको संयोजकत्वमा राहत संकलन सुरु गरिएको थियो ।

विनाशकारी भूकम्प पीडितलाइ इट एण्ड ड्रिंक रेस्टुरेन्ट युएईमा काम गर्ने लगभग सबैबाट संकलित ८० हजार रुपैयाँ गोर्खा जिल्लाको पालुंग तार १२ मा रहेको जनचेतना प्राबिको भबन निर्माण गरि साना बालबालिकाले सुरक्षित पढ्न पाउन भन्ने मनसायबाट गोर्खा सेवा समाज यूएईका अध्यक्ष दिनेश पाण्डेलार्इ हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा समाजसेवी ब्यबसायी पत्रकार तथा नेपालीहरुको उपस्थित रहेको थियो ।

आगामी दिनहरुमा पनि हामी मिलेर सहयोगलार्इ प्रभावकारी तरिकाले सम्बन्धित पीडितहरुको हातमा पुग्ने गरी वितरण अभियान जारी राख्ने जानकारी छत्र बहादुर कुँवरले दिएका छन् ।