काठमाडौं, १६ असार । हालै एउटा फोटोले सामाजिक सञ्जालमा बबाल मच्चाएको छ । त्यो फोटो भाइरल बनेको छ ।
भारतको जम्मू कश्मीर सरकारमा मन्त्री चौधरी लाल सिंहको एक तस्वीर सोशल मीडियामा फैलिएको जसमा उनी एक एक महिला डक्टरको घाटीमा कलर छुँदै गरेको देखिएका छन् ।
स्वास्थ्य मन्त्री र बीजेपी नेता लाल सिंह अमरनाथ यात्रा सुरू हुनुभन्दा पहिला तयारीका लागि लाखनपुरको सरकारी अस्पतालमा गएका थिए । अस्पतालमा उनले डाक्टरको कलर सही छ कि भनेर चेक गर्दा उनको फोटो खिचियो । जून अहिले भाइरल बनेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रीले महिला डाक्टरको कलर चेक गर्ने वहानामा अश्लील हर्कत गरेको बताइएको छ । करिब २५ महिला डाक्टरको कलर चेक गरेका मन्त्री चौधरीले अन्तिममा एक महिला डाक्टरको कलर समातेर किस गर्नका लागि आफूतिर तानेका थिए ।
तर त्यहाँका अन्य महिला डाक्टरले फोटो खिचेपछि मन्त्री त्यहाँबाट हिँडेका थिए । अहिले ति मन्त्रीको कश्मीरमा चर्काे आलोचना भइरहेको छ । यसअघि पनि ती मन्त्रीमाथि महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो । एजेन्सी














प्रतिक्रिया