७ कार्तिक २०८३, शनिबार

भूकम्पबाट भत्किएका कक्षाकोठा पुनःनिर्माण गर्न प्रवासीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १६ असार । विनाशकारी भूकम्प र पटकपटकको परकम्पका कारण भत्किएका म्याग्दीका तीनवटा विद्यालयको कक्षाकोठा भवनको पुनःनिर्माणका लागि प्रवासीले रु पाँच लाख ५० हजार सहयोग गरेका छन् ।

अमेरिकामा रहेका नेपालीको संस्था टेक्साकाना नेपाली समाजले मुसुङडोले निमावि भकम्ली, बागेश्वरी प्रावि छाप र जनआवाज प्रावि कुहुँ पूर्णगाउँलाई रु एक लाख ८५ हजारका दरले नगद सहयोग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, संस्थाका प्रतिनिधि सुरज घिमिरे र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा विद्यालयका प्रअ तथा प्रतिनिधिलाई नगद सहयोग उपलब्ध गराउनुभयो । रासस