– अनिल खत्री
गुल्मी, १५ असार । गुल्मीको हस्तिचौर गाविसमा अजिंङ्गर फेला परेको छ ।
हस्तिचौर गाविस ८ पालुखा स्थीत बाँसखोलामा फेला परेको सो अजिंङ्गरलाई जिल्ला बन कार्यालयले सदरमुकाम तम्घासमा राखेको छ ।
सोमबार साँझ स्थानीयले बिरालो खाँदै गरेको अवस्थामा अजिंङ्गर फेला पारेपछि वन कार्यालयमा खबर गरेका थिए । तराई क्षेत्रमा फेला पर्ने अजिंगर गुल्मीमा देखा परेपछि अहिले हेर्न आउने मानिसकोे भीड लागेको थियो ।
बन कार्यालयले उक्त अजिंङ्गगर मंगलबार बिहान रेसुङ्गा स्थित जंगलमा छाड्न लैजाँदै गर्दा स्थानीयहरुले थाहा पाएपछि उक्त जंगलमा छाड्नका लागि रोक लगाएका छन् ।
अजिंङ्गरलाई अहिले जिल्ला प्रहरी कार्यालय परिशरमा पानी राख्ने ड्रम भित्र राखिएको छ । अजिङ्गरलाई उपयुक्त वासस्थानको खोजी गरेर मात्र छाडिदिने जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरेले बताए । करिब २० केजी तौल रहेको सो अजिंङ्गरको लम्वाई चार मिटर भन्दा बढी रहेको बताईएको छ ।
















प्रतिक्रिया