२९ आश्विन २०८३, बिहिबार

अब हरेक वर्ष जेठ १५ मै बजेट आउने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

budget-nepalकाठमाडौं, १५ असार । प्रत्येक वर्षको असार मसान्तमा बजेत पारित हुँदै आए पनि अब भने जेठ १५ मै बजेट आउने भएको छ । हालै सार्वजनिक गरिएको नयाँ संविधानको मस्यौदामा जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

केन्द्रीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको हो । जेठ १५ गते गणतन्त्र दिवस पर्ने भएकाले उक्त अवसरपारी बजेट ल्याउने व्यवस्था गर्न लागिएको अनुमान गरिएको छ ।

यस अघिको संविधानले भने बजेट ल्याउने मिति किटान गरेको थिएन । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरू हुने भएकाले असारको अन्तिम दिन अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै आएका छन् । अब भने संविधानमा नै बजेट आउने मिति तोकेपछि सो दिन बजेट ल्याउनु संबैधानिक बाध्यता हुनेछ ।