काठमाडौँ, १५ असार । विनाशकारी भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।
गत बैशाख १२ गते गएको भूकम्पबाट काठमाडौंको टोखा नगरपालिका–१३ स्थित रामकृष्ण फुयालको ८ तले घर भत्किदा हराएका व्यक्तिको शव सोमबार फेला परेको हो ।
८ तले घरमा रहेको हिटलन होटलको भग्नाबेष पन्छाउने क्रममा सोमबार नुवाकोट खानीगाउँ–४ घर भएका ३६ बर्षीय रामकुमार लामिछानेको शव फेला परेको प्रहरीले जनाएको छ ।
यो सँगै भूकम्पबाट मर्नेको संख्या ९ हजार पुगिसकेको गृह मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया