७ कार्तिक २०८३, शनिबार

अमेरिकी पेस्तोल सहित काठमाडौंमा चार जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolकाठमाडौँ, १५ असार । अत्याधुनिक प्रविधिको अमेरिकी पेस्तोल सहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

नयाँवसपार्क बस्ने रोल्पा गंकोट–४ घर भएका ३६ बर्षीय जयबहादुर घर्ती सहित ४ जनालाई प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल १ थान, म्याग्जीन १ थान , गोली ५ राउण्ड र बा.६ च ११५ नम्वरको मारुती सुजुकी कार सहित पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार तारकेश्वर नगरपालिका–११ गोलढुंगा स्थित निगालो रेष्टुरेन्टबाट उक्त हतियार र गोली सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।