७ कार्तिक २०८३, शनिबार

चार किलो यार्सासहित काठमाडौंबाट दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौँ, १४ असार । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय देवानन्द खड्का र सोही जिल्लाका नेत्रविक्रम चन्दलाई आज पक्राउ गरेको छ ।

गोकर्णेश्वरनगरपालिका–१२ नयाँबस्तीस्थित कान्छीमाया तामाङका घरबाट चार किलो ७५० ग्राम यार्सागुम्बासहित उनीहरुलाई पक्रिएको जनाइएको छ । तन्नामा यार्सागुम्बा सुकाइरहेका अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा बिनाइजाजत यार्सागुम्बाको कारोबार गर्दै आएको पाइएको छ ।

उनीहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।