
काठमाडौं, १ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले क्लियर चिट दिएको टिप्पणी गर्नु भएको छ ।
सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले समितिले ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न अपिल गर्दै प्रतिवेदनको गलत ब्याख्या नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं बरु ‘क्लियर चिट’ किटान गरेको छ, प्रतिवेदनले चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’








प्रतिक्रिया