११ श्रावण २०८३, सोमबार

फ्रान्स र इंग्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा ८ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । समुन्द्री मार्गबाट ​​फ्रान्सबाट इंग्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ । फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो ।

प्राप्त जानकारीकाअनुसार स्थानीय समय अनुसार राति १ बजे डुङ्गा बोलोग्ने–सोस–मारेको उत्तरमा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो । यो रबर जहाजमा करिब ५० जना सवार थिए । किनारबाट निस्किएको केही समयपछि डुङ्गा डुब्न थाल्यो ।

यो घटनाको दुई साताअघि यही क्षेत्रमा आप्रवासीले भरिएको डुङ्गा डुबेर ६ बालबालिका र एक गर्भवती महिलासहित १२ जनाको मृत्यु भएको थियो । बेलायती सरकारका प्रवक्ताले घटनाको पुष्टि गर्दै फ्रान्सेली अधिकारीहरूले यस विषयमा अनुसन्धानको नेतृत्व गरिरहेको बताउनुभएको छ ।

बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले भन्नुभयो, ‘समुद्री मार्गमा ज्यान गुमाउनेको खबर सुन्दा दुःख लागेको छ ।’