
काठमाडौं, २७ भदौ । गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किनुभएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउनुहुने भएको छ ।
बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उहाँले फिल्मको घोषणा गर्नुभएको हो । यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ ।
निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ ।
फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा भने जानकारी गराइएको छैन । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ ।















प्रतिक्रिया