३० आश्विन २०८३, शुक्रबार

एबुम्स आक्रमणमा एघार सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Isi-ladakuकाबुल, १४ असार । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा कम्तीमा ११ अफगान सैनिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

करुख जिल्लाको मस्जिडे इ चोबी इलाकामा सेनाको एक समूहमाथि आइतबार साँझमा भएको यस आतङ्ककारी आक्रमणमा ११ सैनिकको मृत्यु भएको जनाइएको छ ।

यस आक्रमणमा परी अन्य छजना घाइते भएका टोलो समाचार समितिले आफ्नो समाचार बुलेटिनमा जनाएको छ ।

सो आक्रमण अफगान सेनाको एक समूह प्रान्तीय राजधानी हेरात सहरबाट छिमेकीमा पर्ने बाद्घिसतर्फ यात्रा गइरेहेको अवस्थामा भएको छ ।

तालिवानी आतङ्ककारी समूहले मध्य अप्रिलयता अफगान सुरक्षाबलमाथि भीषण रुपमा आक्रमण गर्दै आएका छन् ।

पछिल्लो समयमा अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किएपछि र बाँकी रहेका नेटो सैनिकले पनि गत जनवरी १ बाट युद्धस्थलमा गएका तालिवानसँग युद्ध नगर्ने र अफगान सुरक्षाबललाई सल्लाह र अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेयता तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी अफगान सुरक्षाबलको हताहत बढेको बताइएको छ । रासस ÷सिन्ह्वा