
काठमाडौं, २५ भदौ । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताउनुभएको छ ।
निर्देशक मीन भामको फिल्म शाम्बालाको प्रिमियरका लागि काठमाडौं आउनुभएका नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिँदै आफूले नेपाली फिल्ममा काम गर्ने बताउनुभएको हो । नवाजले आफूले नेपाली फिल्ममा केही न केही काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । शाम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठूलो सहास चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’
अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरुले निकै राम्रो व्यवहार गरेको बताउनुभयो ।















प्रतिक्रिया